यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

धनगढी, २ पुस । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ दुर्घटनामा बसमा सवार छ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?