एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई, सिंगापुर ७१ रनले पराजित

काठमाडौं, २ पुस । नेपालले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । आइतबार भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले हराउँदै उपाधी जितको हो थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । खराब सुरुवातका बाबजुद नेपाली इनिङलाई मध्यक्रमका ब्याट्सम्यानहरुले उकासेका थिए आपनर कुशल मल्ल दोस्रो ओभरमा शून्य रनमा आउट भएका थिए भने त्यसपछि आएका सुवार आयरले २२ रनको यागदान गरे नेपालका लागि राजन मगरले कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । उनले ७९ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दासले १९ र सुनील भण्डारीले १५ रनको यागदान गरे सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाएर अविजित रहे भने प्रतिश जोशीले पनि नटआउट १० रनको योगदान गरे १८४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमै अलआउट भएपछि नेपालले ७१ रनको जित हात पारेको हो सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्वाधिक ३१ रन र अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३–३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?