सिंहदरबारका टायर चोर पक्राउ

काठमाडौं, २ पुस । सिंहदरबार परिसर भित्रको गाडीको टायर कर्मचारीले नै चोरी गरेको खुलसा भएको छ । चोरी भएको चारै वटा टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरीले अनुसन्धान अघि सारेको छ शनिबार पार्किङ स्थलबाट चोरी भएका गाडीको चारै वटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ । सिसिटिभिको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो ‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं, । सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले भने, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गर्ने क्रममा छौं ।’चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नं.को टोयटा हाइलक्स गाडीका टायर चोरी भएको हो डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ । ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ सिंहदरबारमा विगतमा पनि पटक–पटक चोरी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?