धनकुटालाई प्रदेशको राजधानी माग्दै प्रदर्शन, अन्य कहाँ कहाँ छ आन्दोलन ?

धनकुटा, २ पुस । देश संघीयतामा प्रवेश गरेसँगै प्रदेश राजधानीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन सुरु भएको छ । यसै क्रममा धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने मागसहित प्रदर्शन भएको छ धनकुटासहित १ नम्बर प्रदेशको राजधानीको माग गर्दै धनकुटा, सुनसरी र मोरङमा प्रदर्शन सुरु भएका हुन् । यी जिल्लाका बासिन्दाले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आएका छन् यसअघि पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम समेत रहेको धनकुटाका स्थानीयबासीले प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भन्दै सडक आन्दोलन सुरु गरेका छन् क्षेत्रीय सदरमुकाम समेत भएकाले धनकुटा १ नम्बर प्रदेशको राजधानी हुनुपर्ने उनीहरुको तर्क छ । धनकुटामा प्रदेश राजधानीका लागि भौतिक संरचना समेत पर्याप्त रहेको उनीहरुको तर्क छ मोरङको विराटनगरबासीले पनि प्रदेश राजधानीका लागि उपयुक्त संरचना र सुविधा भएको भन्दै राजधानी विराटनगर हुनुपर्ने अडान राख्दै आएका छन् प्रदेश नं. १ को राजधानी विराटनगरमा हुनु पर्ने मागसहित शनिबार मात्रै त्यहाँका सांसद्हरुले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् सुनसरीको इटहरीमा पनि प्रदेशको राजधानी राख्नु पर्ने त्यहाँका उद्योगी, वुद्धिजीवीको माग रहँदै आएको छ । भौगोलिक रुपमा पनि सबै क्षेत्रको सुविधाका लागि इटहरी केन्द्र पर्ने भएकाले प्रादेशिक राजधानीका लागि इटहरी उपयुक्त रहेको उनीहरुको दाबी छ सरकारले हालै मात्र शहरी विकास मन्त्रालयका कर्मचारी सम्मिलित एक कार्यदल निर्माण गरेको थियो । कार्यदललाई प्रदेशको पहिलो सभा गर्ने स्थान र प्रादेशिक राजधानीका लागि उपयुक्त संरचनाको खोजी गरी सरकारलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो कार्यदलले धनकुटा, इटहरी, बिराटनगर र गोठगाउँमा पुगी त्यस स्थानमा भएको भौतिक संरचनाको अवस्थाको बारेमा समेत अध्ययन गरेर भौतिक संरचनाको हिसाबमा बिराटनगरलाई प्रादेशिक राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन बुझाएको थियो यद्यपि प्रदेश सभाको दु्ई तिहाई बहुमतले निर्णय गरेर प्रदेशको राजधानीको टुंगो लगाउन सकिने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?