‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’मा नेपाली सविता भइन फस्ट रनरअप (भिडियो)

काठमाडौं २ पुस । भारतीय चर्चित मोडलिङ रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’ को ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ मोडलिङ रियालिटी शो ‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’ ग्रान्ड फिनालेमा नेपालको तर्फबाट सबिता कार्की प्रवेश गरेकी थिइन् । उनि अडिसन राउण्ड पार गर्दै फिनालेसम्म पुग्न सफल भएकी थिइन् एम.टि.भी इन्डियाबाट हरेक शनिवार साझ ७ः१५ बजे प्रशारण हुने उक्त शोका धेरै युवतीहरुलाई पछि पार्दै सबिता फिनालेसम्म पुग्न सफल भएकी थिइन् राम्रो वाकका कारण सबै जर्जहरुको मन जिती सकेकी उनले शोमा एक पटक पावर पनि पाईसकेकी हुन् । शनिबार साझ ७ः१५ बजे सम्पन्न भएको ग्रान्ड फिनालेमा सबिता कार्कीसँग इन्डियाकै मोडल स्वेताराज र रियाको प्रतिस्पर्धा भएको थियो उक्त ‘इन्डियाज नेक्स्ट टप सुपर मोडल सिजन ३’ कि विजेता भने इंडियाकी रिया सुबोध भईन् । त्यस्तै, नेपालकी सविता कार्कि फस्ट रनरअप बन्न सफल भईन् भने सेकेन्ड रनरअपमा स्वेताराज पर्न सफल भईन् https://www.facebook.com/officialnepalibeauty/videos/1967897666793346/ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?