यस्तो छ दलहरुले समानुपातिकमा पाएको फाइनल मत

काठमाडौँ. २ पुस – मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ निर्वाचन आयोगका अनुसार समानुपातिकमा एमाले नै अगाडि छ । जसले ३१ लाख ७३ हजार ४९४ छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत रहेको छ त्यसैगरी माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ । त्यस्तै राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ भने संघीय समाजवादी फोरमको ४ लाख ७० हजार २०१ छ । त्यस्तै विवेकशीला साझा पार्टीको २ लाख १२ हजार ३६३ छ भने राप्रपाको १ लाख ९६ हजार ७८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकको ८८ हजार ३७७ रहेको छ नयाँ शक्तिको ८१ हजार ८३७ मत आएको छ भने राजमोको ६२ हजार १३४ मत आएको छ । आयोगका अनुसार अन्य दलको जम्मा ३ लाख ५५ हजार १९२ मत आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?