होन्डुरसमा हेलिकप्टर दुर्घटना, राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

होन्डुरस । होन्डुरसमा हेलिकप्टर दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ हेलिकोप्टरमा सवार होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा हेलिकप्टर दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ दुर्घटनामा हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थियो उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?