भारतमा अभिनेत्री सन्नी विरुद्ध प्रदर्शन, पोस्टर र होर्डिङबोर्ड हटाउन माग

एजेन्सी । बलिउडका अभिनेत्री सनी लियोनीले त्यू इयर इभ ३१ डिसेम्बरका रात आयोजना गर्ने ब्यांगलुरुमा हुने कार्यक्रममा ‘सन्नी नाइट इन ब्यांगलुरु २०१८’ पर्फम गर्दै छिन् तर, सन्नी यो कार्यक्रममा पर्फम गर्नु भन्दा पहिलेनै सन्नी विरुद्ध प्रदर्शन सुरु भएको छ अभिनेत्री सन्नी विरुद्ध प्रो कन्नाड गु्रप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ले भारतको १५ जिल्लामा विरोद्ध प्रदर्शन जारी राखेका छन् । विरोद्धमा उत्रिएका उनीहरुले सन्नी लियोनी विरुद्ध नारावाजी गर्नुका साथै सन्नीको पोष्टरहरु पनि जलाइदिएका छन् उनीहरुले सन्नी विरुद्ध गरिरहेको प्रदर्शनमा भनीएको छ कि, सन्नी लियोनी भारतीय नागरिक हैनन् । ग्रुपको जनरल सेक्रेटरीका सइद मिनाजले भने, ‘सन्नी लियोनी भारतीय होइनन् । उनको बारेमा हामी सबैलाई थाहा छ, उसले के गर्छ र कहाँबाट आएकी हुन् ? शहरमा यस प्रकारको कार्यक्रम आयोजना गर्नु संस्कृतिभमाथि हमला गर्नु हो ।’अभिनेत्री सन्नीको कार्यक्रमको विरोध गरेको यो पहिलो चोटि भने होइन । उनलले गर्ने प्रायः कार्यकमहरुमा पनि पछिल्लो सयम यसै गु्रपले पटक–टक विरोध गर्दैै आएको छ सन्नीलाई एक उडलाई लिएर बिवादमा फसाइएको हो । उनलाई कल्चरल भ्याल्लुलाई संक्रमन गर्ने आरोप लगाइएको छ साथै अहिले सन्नीको होर्डिङ बोर्ड र पोष्टरहरु हटाउन माग भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?