५ मिनेट नाचेर ५ करोड ?

मुम्बई –अभिनेत्री प्रियंका चोपडा हमेसा पारिश्रमिकको कारणले चर्चामा छाउने गरेकी छन् । २०१८ को सुरुवातमा आयोजना हुने एक फिल्म अवार्डमा पनि प्रियंका सहभागी हँुदैछिन् कार्यक्रममा उनले एक धमाकेदार प्रस्तुती समेत दिनेछिन् । ५ मिनेटको प्रस्तुतीका लागि उनले ५ को डिमान्ड गरेकी छन् । उनको एक मिनेट प्रस्तुतिको लागि एक करोड मुल्य पर्ने देखिएको छ समाचारमा उल्लेख गरिए अनुसार प्रियंकाले जी सिने अवार्डमा ५ मिनेट नृत्यको प्रस्तुति दिनेछिन् । उक्त नृत्यका लागि उनले ५ करोड भारु माग गरेकी छन् प्रियंका पछिल्लो समय हलिउड चलचित्र ‘स्टेन्ट इट रोमान्टिक’ र ‘ए किड लाइक ज्याक’को सुटिङमा ब्यस्त छिन् । अवार्डका लागि उनी अमेरिका देखि भारत आउने भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?