समानुपातिक तर्फको मतगणना : सुनसरीको सकियो, सर्लाहीको बाँकी

काठमाडौं, २ पुस । प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अझै आउन सकेको छैन ।समानुपातिकतर्फको मतगणना शनिबार नै सकिने बताइएपनि चिसोका कारण मतगणनाका ढिलाई भएका कारण अझै अन्तिम परिणाम आउन नसकेको हो । शनिबारसम्ममा सुनसरी र सर्लाहीको मतगणनामा बाँकी रहेकोमा अब सर्लाहीको एक क्षेत्रको मात्रै मतगणना बाँकी रहेको छ अत्याधिक चिसोका कारण शनिबार रोकिएको सर्लाहीको मतगणना कार्य आइतबार बिहानैबाट पुनः सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ मतगणनाको पछिल्लो परिणाम अनुसार एमाले शीर्ष स्थानमा कायमै रहेको छ उसले ३१ लाख ६१ हजार ४ सय २८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ३१ लाख १३ हजार २ सय ४१ मत ल्याएर दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले १२ लाख ९६ हजार ४८ मत ल्याएको छ यस्तै चौथो स्थानमा भने संघीय समाजवादी पार्टीलाई पछि पार्दै राजपा आएको छ । उसले ४ लाख ७२ हजार १ सय ९७ मत ल्याएको छ भने संघीय समाजवादीको ४ लाख ६९ हजार ९० सय ५५ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?