ओली–प्रचण्डको पत्रकार सम्मेलन : राष्ट्रिय सभा र सरकार गठनबारे धारणा सार्वजनिक गर्ने

काठमाडौं, २ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचन र नयाँ सरकार गठनमा देखिएको विवादबारे वाम गठबन्धनले आफ्नो धाराणा सार्वजनिक गर्ने भएको छ राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीअनुसार गर्ने प्रावधानसहितको अध्यादेश सरकारले राष्ट्रपति समक्षा पेश गरेको छ नेकपा एमाले र माओवादी केन्द्रले भने राष्ट्रिय सभा एकल संक्रमणीय मतप्रणाली अन्तर्गत हुन नसक्ने अडान राख्दै आएका छन् । यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेका हुन् राष्ट्रिय सभा र सरकार गठनबारे आफ्ना धारणा सार्वजनिक गर्न दिउँसो तीन बजे अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ दलहरुबीच राजनीतिक सहमति नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश स्वीकृत गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?