गल्छी रसुवागढी सडक दैनिक ८ घण्टा बन्द

नुवाकाेट, २ पुस – गल्छी–त्रिशुली–रसुवागढी सडकखण्ड आज बाट दैनिक ८ घण्टाको लागी बन्द हुने भएको छ । ३ महिनासम्मको लागी बिहान ६ देखी ९ बजेसम्म र बिहान ११ देखी अपरान्ह ४ बजेसम्म गल्छी–पिपलटार सडकमा बन्द हुने भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभएको छ । त्रिशुली–मैलुङ सडक आयोजनाको कामलाई तीव्रता दिन दैनिक ७ घण्टा सडकमा काम हुनेछ गल्छी–त्रिशुली रसुवागढी सडकको गल्छी देखी पिपलटार सम्मको सडक खण्डमा पहाड काट्ने काम हुने भएकाले फागुन मसान्तसम्म सवारी साधन संचालनमा रोक लगाईएको हो । सहज यात्रको लागी उक्त सडक खण्ड हुदै चल्ने सवारी साधनले अन्य बैकल्पीक मार्गको प्रयोग गरी यात्रा गर्नुहुन प्रहरी नायब निरीक्षक पौडेलले सवारी चालकलाई अनुरोध समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?