गोठगाउँमा प्रदेश नम्बर १ को राजधानी बनाउन माग

मोरङ, २ पुस- मोरङको गोठगाउँलाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गदै राज्यलाई दवाव दिनका लागी वृहत शान्ति मोटर साईकल ¥याली निकालिएको छ नगरको गोठगाउँ स्थित ८ सय ५ बिगाह क्षेत्रफल रहेको पूर्वाञ्चल विश्वविद्यालयको जग्गा तथा प्रशस्त भौतिक पूर्वाधारहरु बिधमान रहेकाले हाल प्रदेश सभाको ऐतिहासिक निर्वाचन भर्खरै सम्पन्न भएको अवस्थामा अन्तिम मतपरिणाम आएको केही दिन भित्रमा प्रदेश सभाको बैठक बस्नु पर्ने प्रावधान नेपालको संविधानमा व्यवस्था भएकाले हाल सम्म पनि १ नं. प्रदेशको प्रादेशिक राजधानी टुंगो नलागेकाले गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको क्षेत्र राजधानीको लागि उपयुक्त हुने मोटर साईकल ¥यालीका सहभागिहरुले बताएका छन् सहरी कोलाहाल, धुवा, धुलो मुक्त तथा धेरै जिल्लाको लागि आवागमनमा सहज, लोक राजमार्गले छोएको तथा अन्तराष्ट्रिय सिमानाबाट ३० किलोमिटरको दुरीमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालयको क्षेत्रफल मध्ये केही जमिनमा हाललाई प्रदेश नं. १ को राजधानीका लागि उपर्युक्त हुने भएकाले यसका लागी आफ्नो पहल समेत अघी बढेको नगरप्रमुख शिवप्रसाद ढकालले बताए भौतिक पूर्वाधार,उपयुक्तm वातावरण तथा सुरक्षाको कारणले पनि गोठगाउँमा रहको पूर्वाञ्चल विश्वविद्यालयको क्षेत्र राजधानीको लागि उपयुक्त रहेको हुँदा त्यस क्षेत्रमा प्रदेशको राजधानी बनाउन स्थानीय वासिन्दाहरुको माग रहेको छ । सोही माग बमोजित सरकारलाई दवाव दिन सुन्दरहरैंचामा अवस्थित संघसंस्थाहरुको आयोजनामा ¥याली भएको इन्द्रपुर जेसीजका अध्यक्ष शारदाप्रसाद ढकालले बताए नगरको विराटचौकबाट शुरु भएको ¥याली ईटहरीचोक परिक्रमा गरेर खोर्सानेमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईले गोठगाउँमा जिर्ण बन्दै गरेको भवन राजधानी बनाउन सबैले आआफनु ठाउंबाट पहल गर्दै सोलुदेखि ईलामका जनतालाई पायक पर्ने स्थलको रुपमा रहेको गोठगाउँ वातावरणीय रुपमा पनि उपयुक्त रहेकोले गोठगाउँलाई राजधानी तोक्न जरुरी रहेको बताए मन्त्रीपरिषदले सातैवटा प्रदेशको सचिवालय रहने सम्भाव्यता स्थलको पहिचान गर्नेक्रममा १ नम्वर प्रदेशको लागि मोरङको गोठगाउँ उपयुक्त हुने सुझाव विज्ञ समितिले पेशपछि स्थानीय स्तरमा चासो बढेको हो । गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको खाली जग्गा र भवनहरु उपयुक्त रहेको भन्दै स्थानीय राजनैतिक दलका नेताहरु प्रदेश राजधानी बनाउन लागि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?