कपिलवस्तुमा जाडोले कठ्याङग्रिएर एकको मृत्यु

कपिलवस्तु, २ पुस । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहि दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?