संगम कप फुटबल प्रतियोगिता पोखरा रंगशालामा शुरु

पोखरा, २ पुस । संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाअध्यक्ष दर्शन लामाले उद्घाटन गर्दै युवालाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेड क्लबले काजीपोखरी एफसीलाई ४–१ ले पराजित ग¥यो भने दोस्रो खेलमा आरटी सेन्टरले प्वाइन्ट स्र्कलको टोलीलाई २ शून्यले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?