२०७४, २ पुष आईतवार ०२:३०

जाँदाजाँदै कर्मचारी नियुक्ति गर्न मन्त्रीहरूको दबाब


प्रकाशित मिति : २०७४, २ पुष आईतवार ०२:३०

काठमाडौं, २ पुस- शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही सचिव बिदामा बस्न थालेका छन् भने केहीचाहिँ विभिन्न बहाना बनाउँदै हाजिर गरेर ‘कार्यक्रम छ’ भन्दै निस्कन थालेका छन् ‘मन्त्रीको दबाबले सचिवहरू अन्योलग्रस्त र आतंकित हुनुहुन्छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले भने, ‘उहाँहरू उकुसमुकुस हुँदै कहिले यता, कहिले उता गरिरहनुभएको छ । उहाँहरूले आफ्नो पीडा मुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि सुनाएका छन् ।’दबाब दिने मन्त्रीमध्येका एक हुन्, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । उनले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर आफूनिकट अनिल झालाई नियुक्ति दिलाउन सचिव केदारबहादुर अधिकारीलाई दबाब दिएका हुन् । मन्त्रालयका स्रोतका अनुसार मन्त्री बस्नेतले झालाई नियुक्ति दिनेगरी आवश्यक कागजात तयार पार्न सचिव अधिकारीलाई अह्राएका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस