साउदीका महिलाले अवदेखि गाडी चलाउन पाउने

रियाद, १ पुस – साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए यसअगाडी साउदीमा महिलाहरुलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो मुस्लीम देश साउदीमा महिलाहरुले कालो बुर्का लगाउने र अनुहार तथा शरिर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको हो महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारबादीहरुले लामो समयदेखि दवाव दिदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?