माओवादी कार्यकर्ताको आक्रमणबाट नेबिसंघ उपाध्यक्ष वास्ताकोटी घाइते

काठमाडौं,१ पुस- नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश वास्ताकोटी माथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरि घाइते बनाएका छन् प्रतिनिधी र प्रदेश सभाको चुनाव पश्चात सिमिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वााईसियलका कार्यकर्ताले बास्ताकोटी लाई आक्रमण गरि घाइते बनायको नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दीए घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । यसैबीच नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गरेको घटनाको घोर भर्सना गरेको छ महामन्त्री कुन्दन राज काफ्लेले बिज्ञप्ति मार्फत उक्त घटनाका दोषिलाई तत्काल कारवाही गर्न नेपाल सरकार समक्ष माग गरेका छन् । ‘मानिसको मौलिकहक माथि जुनसुकै प्रहार पनि नेबिसंघले देशभरीका सम्पूर्ण साथीहरुले प्रतिकार गर्न अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?