दोलखामा एक युवकको रहस्यमय मृत्यु

चरिकोट, १ पुस – दोलखाको कालिञ्चोक गाउँपालिका–६ गुर्जपाका एक युवक घर नजिकैको भिरमुनि मृतावस्थामा फेला परेका छन् मृतावस्थामा फेला परेका ३५ वर्षीय बेदबहादुर कार्की (सुके) रहेको इलाका प्रहरी कार्यालय सिङ्टी दोलखाले जनाएको छ शव मृतावस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ स्थानीय बासिन्दाले उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इप्रका सिङ्टीका प्रहरी निरीक्षक नरेश मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?