नुवाकोट दुर्घटनामा हराएका एक महिनापछि मृत भेटिएपछि..

नुवाकोट, १ पुस – एक महिनाअघि मिनीट्रक दुर्घटनामा परी हराएका तार्केश्वर गाउँपालिका–२ तारुकाका गणेशश्याम नेपाल आज मृत अवस्थामा भेटिएका छन् मंसिर ३ गते विदुर नगरपालिका–९ कोलनीमा बा२ख ६३४३ नंको मिनीट्रक दुर्घटना हुँदा हराएका ४४ वर्षका नेपाल घटनास्थलमा नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए टिपर दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले उद्धार गरी चालकसहित तीनजनालाई उपचारका लागि अस्पताल पठाएको थियो । टिपरमा नै सवार नेपाललाई दुर्घटनापछि नभेटिएको भन्दै खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए सवारी दुर्घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजतलासमा लापरबाहीले हराएका अधिकारीको शव एक महिनापछि दुर्गन्धित अवस्थामा घटनास्थलमा नै भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?