प्रचण्ड निवासमा व्यापारीको घुँइचो

काठमाडौं, १ पुस । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले शनिबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ भेटमा हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रचण्डलाई टोलीले बधाई ज्ञापन गरेको थियो भेटघाटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकको आर्थिक समृद्धि हुने विश्वास लिए भेटघाटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको बताउँदै निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढन आफूहरु तयार रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?