बालकोटबाट देउवामाथि ओलीको चेतावनी नै चेतावनी

काठमाडौं, १ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजीनामा गराईसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् ओलीले भने, ‘अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ, त्यसको विकल्प छैन, उहाँले बाधा, अडचन पैदा गरेर खोचे थापेर सरकारको आय’ लम्ब्याउन’ खोज्न’ भनेको सत्ता लिप्सा हो, यसबाट देउवा मुक्त हुनुपर्छ.’उनले आफूहरु लोकतान्त्रिक अभ्यासबाट आएको उल्लेख गर्दै थपे, ‘लोकतन्त्र यदि नेपाली कांग्रेसले हुन नदिने हो भने उसले आफ्नो लिओस्, यसरी पहिले पनि ०६४ मा सरकार बन्ने कुरालाई अत्यन्तै घिनलाग्दो कुराले रोकिदियो, ३÷४ महिनासम्म सत्ता हस्तान्तरण नगरेर रोकिदियो, अहिले फेरि त्यस्तै गर्न खोज्दैछ, हारेपछि पनि सरकारमा बसिरहन खोज्ने ? हतारहतार, हारेपछि पनि आफ्ना मान्छे बढि हुनुपर्छ भन्ने, हारेपछि त्यो परिणाम रिफ्लेक्ट नहुने, आग्रह? रिफ्लेक्ट हुने, संविधानले कहाँ एकल संक्रमणीय भनेर हाम्रा निर्वाचन प्रणालीमा कहाँनिर भनेको छ ? बहुमत ल्याउने निर्वाचित हुने एउटा छ, समावेशी सिद्धान्तका आधारमा समानुपातिक प्रणालीबाट जाने अर्को छ, अनि एकल संक्रमणीय कहाँ छ संविधानमा ?’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै ओलीले पहिले भएको कुरालाई नेपाली कांग्रेसले हटाएको उल्लेख गर्दै भने, ‘पहिले हटाउने अनि अहिले परिणाम देखेपछि आफू अनुकुल नहुने भएपछि अनि फेरि परिणाम ल्याउने कुरा उचित हुँदैन, त्यसकारण म फेरि सबैलाई आग्रह गर्न चाहन्छ’, क्षणिक र मौसमी तर्क नगरौं, र मैले भन्नपनि स्पष्ट रुपमा भनेको छ’, हामी अनुचित कुराहरुसँग झुक्दैनौं, सम्झौता गर्दैनौं, नेपाली कांग्रेसले हारेपछि सरकार चलाउन खोजेको हो भने, त्यो बाटो उसले स्पष्ट लिएहुन्छ, त्यसो भएपछि हाम्रो धारणा के छ भने समानुपातिकको मतपरिणाम आज सम्म आईसक्छ, परिणाम आईसकेपछि ७ दिनभित्रमा संवैधानिक व्यवस्था अनुरुप निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पठाउनुपर्छ, र त्यो परिणाम आएपछि असान्दार्भिक कुराहरु झिकेर बखेडा झिकेर, सरकार बनाउन र बन्न नदिने कुरा, यसप्रकारका कुरामा देशलाई अल्झाएर जाने कुरा नेकपा एमालेलाई र वाम तालमेल र नेपाल जे बुझिन्छ, नेपाली जनता जे बुझिन्छ आज, नेपालको संविधान जे बुझिन्छ आज, त्यसलाई मान्य हुन सक्दैन र छैन ।’उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाए उनले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमनलाई अवमुल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि पोखेका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह गरे । ‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनुपर्ने कुरै नभएको बताउँदै ओलीले भने, ‘यस्तो कुरा गर्नु भनेको सत्ता लोलुपता, पद लोलुपता, लोकतान्त्रिक अभ्यसाको निकृष्ट प्रयास हुन्छ, यस्तो नगर्न म सबैलाई भन्न चाहन्छ’ । उनले भने, ‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’ उनले अगाडी भने, ‘जहाँ जे लेखेपनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ, त्यसैले गलत काम मान्नुपर्ने छ भन्ने केही छैन ।’सरकार गठनका लागि विगतका अभ्यास र नजिरहरु रहेको भन्दै अध्यक्ष ओलीले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको स्पष्ट पारे । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुन अनुसार चल्नुपर्ने ओलीको भनाई थियो प्रदेश प्रमुख निय’क्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट शपथ ग्रहण नगर्ने भन्दै सत्ता हस्तान्तरणको बाटो खोल्न आग्रह समेत गरे । ओलीले भने, ‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ, मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’उनले सरकार गठनको आफ्नै प्रावधान रहेको उल्लेख गर्दै थपे, ‘राष्ट्रिय सभा गठनका आफ्नै प्रावधान छन् । चुनावको परिणाम आईसकेपछि आफ्नो अनुकुल ढंगले अगाडि बढ्ने । बाहिर जाँदै गरेको सरकार मात्रै होइन । अल्पमतमा परिसकेपछि आफूलाई अनुकुल हुनेगरि ल्याउनुपर्ने ? यो के कारण हो ?’ ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, कसलाई कहाँ चित्त बुझेको छैन भनेर पनि हुन्छ र ? अब नेपाली कांग्रेसलाई भनेजस्तो विजयी हुन नसकेको र पराजय भोग्न’ परेकोमा चित्त बुझेको छैन ।’सरकार गठनका लागि आफ्नै अभ्यास र नजिरहरु रहेको भन्दै नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको ओलीको तर्क छ । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘निर्वाचन आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुनअनुसार चल्नुपर्छ, म यहीँबाट आयोगलाई सचेत गर्न चाहन्छ’. कांग्रेसले जे पायो त्यही भागबण्डाले गरेको कुरा हामीले स्विकानुपर्ने हो र ? हामी सपथ खाँदैनौं । जनमतको स्विकार्नुपर्छ । कांग्रेसले राष्ट्रिय सभामा सबै कांग्रेस नै हुनुपर्ने भन्यो ? हामीले स्विकार्नुपर्ने हो र ? अनि कथाकथित बुद्धिजिविहरुको म तर्क सुन्छ’, म निर्वाचन आयोगलाई भन्न चाहन्छ’ तपाईहरु संविधान र कानुनका पछि हिँड्नुहोस् । अब बोल्दै जाने हो र आयोग ? म आयोगलाई सचेत गर्न चाहन्छ’ . यसप्रकारका कुराहरु निर्वाचन आयोगबाट नहुन्, म सेचत गर्न चाहन्छ ।’प्रदेश प्रमुख नियुक्तिमा वर्तमान सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?, हामी प्रदेश नियुक्तीलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’ आफूहरुले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उनले थपे, ‘असंवैधानिक नियुक्तीहरुबाट हामी सपथग्रह गर्दैनौं, यो के लोकतन्त्र चल्न नदिन खोजेको हो ? नेपाली कांग्रेसले ? हामी सपथग्रहण गर्दैनौं, जो पाए त्यही जस्तो पाए त्यस्तैबाट सपथग्रहण गर्छ, कि जनमतले भन्छ ?, जनमतले जे भन्छ, त्यही गर्छौं ।’उनले थपे, ‘तर लोकतान्त्रिक मुल्य र मान्यता, र संविधानको मर्म अनुसार चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो, सरकारमा जान केही छैन, हामी त (जनताबाट) फैसला आईसकेछ, त्यस फैसलाले सरकार नबनाउन’, शेरबहादुर देउवाले नै चलारहन’ भन्ने हो भने, नेपाली कांग्रेस र उसका बुद्धिजिवीहरु, कानुनविदहरुले खुलस्त भन्नुपर्यो, शेरबहादुरजीलाई नै सरकार चलाउने जनताको म्याण्डेट छ, लोकतन्त्र भनेको त्यही हो भने भयो नि, वामपन्थीहरु सरकारमा जाँदा लोकतन्त्र खतरामा पर्छ, त्यसकारण यो जनताको अभिमतलाई मान्नुपर्ने केही पनि छैन, वामपन्थीलाई सरकारमा जान दिनुहुँदैन, खोचे थाप्नुपर्छ, वामपन्थी गए भने लोकतान्त्रिक अभ्यास खतरामा पर्छ, जनताको अभिमतको कदरबाट लोकतन्त्र खतरामा पर्छ भन्नुपर्यो, र शेरबहादुरजी नै सरकारमा बसिरहनुपर्छ भने जनताको अभिमत हो भने उहाँहरु खुलस्त मैदानमा उत्रिए भो, वकिलपनि वि.एल. पास गरेका हुँदै होलान दुई चार जना ।’नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी तालमेलले त्यसको स्पष्ट बहुमत आईसकेको उल्लेख गर्दै ओलीले थपे, ‘त्यसकारण अब नयाँ सरकार गठन गर्ने, नयाँ ढंगले देशलाई अघि बढाउने, नयाँ नीति तथा कार्यक्रमका सोचका साथ, देशको अवाश्यकत्ता, जनताका आकांक्षाहरु परिपूर्ति गर्ने, विकासका चाहनाहरुलाई अगाडि बढाउने, समृद्धितर्फका हाम्रा चाहनाहरुलाई प्राप्त गर्ने दिशमा हामी अगाडि बढ्छौं उनले निर्वाचन सफल रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सबै निकाय र सरोकारवालाहरुलाई विशेष धन्यवाद दिए । उनले भने,‘यतिवेला सबै पक्षलाई म भन्न चाहन्छ’, जसले निर्वाचन गराउन भूमिका खेल्नुभएको छ, म धन्यवाद भन्न चाहन्छ’, सञ्चारजगत जसले राम्रो भूमिका खेलेको छ, म धन्यवाद भन्न चाहन्छ’ । रिपोर्टर्स क्लबले आँफै पनि अभियान चलाएको थियो, क्लबले खेलेको भूमिका उच्च प्रशंसनीय छ, म ऋषि धमलालाई विशेष धन्यवाद दिन चाहन्छ’ . उहाँले निर्वाचन सफल बनाउनको लागि विशेष चुनावी अभियान नै चलाउनुभएको थियो, उहाँको भूमिकाको म उच्च सम्मान गर्न चाहन्छ ।’क्लबका सभापति ऋषि धमलाले अध्यक्ष ओलीलाई राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको एजेण्डा बोकेर विकास हाँसिल गर्न सफलता मिलोस भन्दै शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?