वीरगन्ज महानगरपालिकाको मेयरका उम्मेद्धवारहरुवीच रस्साकस्सी, यस्तो छ वीरगन्जलाई समृद्ध बनाउने उम्मेद्धवारहरुको प्रतिबद्धता

पर्सा, २४ भदौ ।प्रदेशनम्बर २ को निर्वाचनको तयारीमाप्रमुखदलकाशीर्ष नेताहरु जुटिरहेका छन् । असोज २ गते हुने उक्तनिर्वाचनमाप्रदेश नम्बर २ माएकमात्रै महानगरपालिकावीरगन्जको चुनावलाई लिएर चौतर्फी बहस र चर्चा भैरहेको छ ।देशकै प्रमुखआर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्रमहानगरपालिकावीरगन्जको प्रमुख पद हत्याउनदलहरू लागिपरेका छन् । प्रमुखदलसहितमधेसी दल कसरी महानगरको नेतृत्वगर्न सकिन्छ भन्नेमाशक्तिखर्चिरहेका छन् । यो महानगरपालिकामाकांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वकालागिमनोनयनदर्ता गराएका छन् ।वीरगन्जमहानगरपालिकाका मेयरकाउम्मेद्धवारहरुले आ–आफ््नो जीत सुनिश्चितभएको दाबीगर्दै आईरहेका छन् ।शनिबार वीरगन्जको माईस्थानमा रिपोर्टर्स क्लब नेपालपर्सा शाखाले मेयरकाउम्मेद्धवारहरुसँग गरेको विशेष साक्षात्कारमा मेयरकाउम्मेद्धवारहरुले आफूले जिते विरगन्जको समग्र विकास गर्ने र समृद्ध बनाउने प्रतिबद्धता जनाएकाहुन् ।पर्साकाअध्यक्षकनैया गुप्ताको अध्यक्षतामा सम्पन्नकार्यक्रममाबोल्दै नेपालीकांग्रेसकाका मेयरकाउम्मेद्धवार अजय द्धिवेदीले आफनो पहिलो एजेण्डा नै विकास भएको स्पष्ट पारे ।उनले निर्वाचनमाआफूहरुको मात्रै नभएर जनताहरुको पनिअब परिक्षाआएको बताए ।उनले थपे,“हामीले भोट दिँदा, राजनीति र समाजको लागिपनि एक भोटले निर्धारण गरिरहेको छ । राजनीतिक निष्ठाको हुन्छ किहुँदैन?विकासको लागिपनिकांग्रेसको नेतृत्व हुन्छ ।”उनले आफू विजयीभएवीरगन्जको रौनक बढाउने, महानगरलार्ई समृद्ध बनाउने आफ्नो योजना रहेको बताए । उनले थपे,“मेरो उम्मेद्धवारी भनेको कागजी घोषणामात्रै होईन, व्यवहारमा नै सभ्य सहर बनाउनको लागिपनिहो । सुरक्षाको अनुभुति गराउनको लागिपनि मेरो उम्मेद्धवारी हो, ठूला तथाखुद्राव्यापारीहरुको सुरक्षा र हकहितकोलािगकामगर्नेछु ।”त्यस्तै उनले वीरगन्जऔधोगिकनगरी भएपनिकिसानहरुको हकहितको लागिपनिआफूले पहलकदमीलिने वचनदिए । द्धिवेदीले थपे,“ईतिहाँसमाविरगन्जको कृषिमापनिविकास गर्न, हरेक गाउँमाशहर बनाउन, मेरो उम्मेद्धवारी हो । मोवाईल हेल्थक्लिनिकचलाउनेछु, युवा, तथा खेलाडीहरुलाई प्रोत्साहन, खेलकुद परिषदबनाउनेछौं । पूरानो शहरलाई सुगमबनाउनेछु। सडकव्यवस्थापनगर्नेछु ।”त्यस्तै उनले वीरगन्जप्रदेश नम्बर २ को राजधानीहुने पनिबताए ।नेकपाएमालेका मेयरकाउम्मेद्धवार बसरुद्दिन अन्सारीले धेरै गफगर्न आफूलाई नआउने बताउँदै भने,“मलाई धेरै गफगर्न आउँदैन्, जनताजनार्दन हुन् । जनताले जसलाई मन पराउँछन् त्यसलाई विजयी बनाउँछन् । म आश्वासन र झूठो वचनदिनचाहन्न ।”उनले आफू मेयरमाविजयीभएजनताले अनुभवगर्ने खालको विकास गर्ने प्रतिबद्धता जनाएउनले भने,“महानगरपालिकाकाजनतालाई अनुभवदिलाउनेगरि काम गर्छु, हामीजनता नै मुख्यहौं, योग्यमानिस को हो भन्ने कुरा ?विकासकाकामहरु धेरै बाँकीछ । बाटाघाटाहरु खाली छन्, यी सबै बनाउने मेरो प्रण छ।”कार्यक्रममा नेकपामाओवादी केन्द्रका मेयरकाउम्मेद्धवार रहबर अन्सारीले पनिवीरगन्जको विकासको लागिआफूले कामगर्ने विश्वास दिलाए । उनले आफू युवाभएकोले वीरगन्जको विकासको लागिनवीनतम टुल्सको प्रयोग गर्ने बचनदिए ।उनले आफूलाई पार्टीले विश्वास गरेर टिकट दिएको भन्दै जनताले पनिआफूलाई अध्यधिकमतदिएर विजयीबनाउने बताए । उनले वीरगन्जको समग्र विकासको लागि र समृद्ध महानगरको लागिआफूसँग स्पष्ट भीजन रहेको समेत सुनाएँ ।राजपा नेपालका मेयरकाउम्मेद्धवार राजेशमान सिंहले ठूलाठूला कुरा गरेर विकास नहुने बताए । उनले,“जनताकोसामु हामीले ठूलो वाचालिएर आएका छैनौं, विरगन्जकाजनताले राजपा नेपाललाई मतदान दिन्छन् । जनताको दुःखमाको काँधमाकाँधलिएर हिँडेको छ भन्ने कुरा यहाँकाजनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले हामीबोल्नुभन्दापनिकाम गरेर देखाउँछौं।”सिंहले विरगन्जको समग्र विकास र जनताको जीवनस्तर उकास्नको लागिआफनो उम्मेद्धवारी भएको स्पष्ट पारे ।त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीफोरमको तर्फबाट विजयी सरागवीले पनिआफूले वीरगन्जको विकासको लागि धेरै काम गरेको र भोलिकादिनमा नेपालकै नमूनामहानगर बनाउने प्रणका साथआफू मेयरको लागि मैदानमाउत्रिएको बताए । उनले आफू विजयीभएवीरगन्जको मुहार फेर्ने समेत विश्वास दिलाए ।कार्यक्रममा नेमकिपाबाट मेयरकाउम्मेद्धवार मुनाकुमार साह, नेपालीजनता दलबाबाट मनोज कुमार रौनियार, स्वतन्त्रउम्मेद्धवार विकास यादवले पनिवीरगन्जको विकासको लागिआफूहरुको उम्मेद्धवारी भएको बताएकाथिए । उनीहरुले वीरगन्जको मुहार फेर्नको लागि ठूला दलकाउम्मेद्धवारले नसक्ने बताउँदै आफूहरुले मात्रै यहाँको विकास गर्न सक्ने जिकिर गरेकाथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?