चलचित्र प्रमोसनमा हलिउड स्टाइल, हिरोका साथ दुई बिकनी युवती

काठमाडौं १ पुस । नेपाली चलचित्र प्रमोसनमा पनि आजभोलि हलिउड स्टाइलमा प्रमोसन हुन थालेको छ चलचित्र चलोस वा नचलोस तर चलचित्रलाई चर्चामा ल्याउनको लागि नेपालमा पनि प्रमोसनल पकेजका स्टाइल हुन थालेको छ कुनै बेला नेपाली चलचित्रका सुपरस्टार भुवन केसीले अहिले आफ्नो चलचित्रको प्रमोसनका लागि आफैले आफैलाई एडस लगेको भन्न नचुकेको नेपाली चलचित्र क्षेत्रमा नयाँ चलचित्र ‘रोमियो एण्ड मुना’को गीत रिलिजका लागि बोलाइएका पत्रकार भेटघाट कार्यक्रममा केसीले भाडाका दुई युवतीहरुलाई बिकनीमा प्रस्तुत गरिएको देखिएको छ नेपालको चर्को चिसोमा अभिनेता बिनय श्रेष्ठ भाडाका दुई युवती (जो सो चलचित्रका कलाकार होइन)सँग बिकिनीमै अँकमाल गरेर प्रस्तुत हुँदा हंगामा नै भएको छ । अपत्यारिलो तरीकाले काठमाडौंको कमलादी स्थित राईजिङ मलको क्युज सिनेमा हलको सभा मञ्चमा बिहिबार बेलुका ४ः३० बजे तिर भएको त्यस कार्यक्रममा नायक विनय श्रेष्ठ विना पानी दुई भाडाका बिकनी गर्ल लिएर प्रस्तुत हुँदा त्यस चलचित्रले देखाउन खोजेको र भन्न खोजेको कुरा सवैलाई कौतुहल हुनु स्वभाविक नै थियो चलचित्र चलाउने नाममा गरिदैआएको नयाँ–नयाँ तरिकाले यसप्रकारले गरिन थाल्यो भने चलचित्र प्रमोसनले चलचित्रलाई क्षणिक चर्चा दिलाएतापनि दीर्घकालिन रुपमा भने दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?