जब श्रीमतीसँगको मस्तीलाई श्रीमानले पोर्न साइटमा लाइभ गरे

एजेन्सी । भारतको हैदरावादमा एक सफ्टवेयर इन्जिनियर आफ्नो श्रीमतीका साथ बिताएको अन्तरंग पललाई पोर्न साइटमा अपलोड गरेको आरोपमा पक्राउ परेका छन् ।भारतीय साइबर अपराध शाखाले लामो अनुसन्धनपछि ती सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । हुन त २०१६ को नोभम्बर मै अभियुक्तकी श्रीमतीले यसबारे प्रहरीमा उजुरी गरेकी थिइन् ।पीडितलाई उनको साथीले यसबारेमा जानकारी दिएकी थिइन् तर पीडितलाई श्रीमानले नै यस्तो घटिया हर्कत गरे भन्ने चाहिँ कुनै शंका थिएन । अनुसन्धानका क्रममा सफ्टवेयर इन्जिनियर एक पोर्न साइटको एजेन्टको रुपमा कार्यरत खुल्न आएको थियो । उनले सोहि वेवसाइटमार्फत पत्नीका साथ बिताएको अन्तरंग पलको लाइभ गर्ने गर्थे । जुनकुरा उनकी श्रीमतीलाई थाहै हुन्नथ्यो ।प्रहरी टीमले केरलको थ्रिसूरबाट पनि एक व्यक्ति यस्तै कार्यमा संलग्न रहेको पत्ता लगायो तर उनले अर नै साइटबाट डाउनलोड गरेर अपलोड गर्ने गरेको खुल्न आयो । साइबर अपराध शाखाका सहायक पुलिस कमिस्नर एस जयरामले केरकारका क्रममा पतिले अपराध स्वीकार गरेको बताए । उनका अनुसार पतिले स्वीकार गरेका छन् कि उनी बच्चैदेखि पोर्नेग्राफीमा शौखिन थिए । र उनले त्यसबापट केहि पैसा पनि कमाए ।प्रहरीका अनुसार पतिले भिडियो खिच्ने क्रममा निकै चलाखी अपनाएको पाइयो । उक्त लाइभ भिडियोमा मात्र श्रीमतीको मात्र अनुहार देखिन्थ्यो । अनुसन्धानको क्रममा यो पनि खुल्न आयो कि पतिले आफ्नो पत्नीका साथ अन्तरंग पल बिताउँदा आफ्नो ल्पापटमा कुनै फिल्म चलाएर खाल्थे । तर, साथसाथै वेव क्यामेराबाट अन्तरंग पलको लाइभ पनि गराइरहेका हुन्थे । सुरुमा केरकारमा क्रममा पीडक आफूलाई गलत आरोप लगाइएको भन्दै रुष्ट बनेका थिए अन्तत उनी अपराध स्वीकार्न बाध्य भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?