चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक, दोहोरो चरित्र अनमोल (भिडियो)

काठमाडौं, १ पुस । नेपाली चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ राजधानीमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको हो फिल्मको ट्रेलरमा नायक अनमोल केसीको दोहोरो चरित्र देखिएका छन् । यो फिल्ममा अनोमोल केसीको फरक–फरक रुपमा देखिएका छन् चलचित्र ‘कृ’को निर्देशनमा सुरेन्द्र पौडेल, अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेका छन् यस चलचित्रमा नायक अनमोल एङ्ग्री र लामो कपालमा देखिएका छन् भने उनको चकलेटी रोमान्टिक अवतार पनि फिल्मको ट्रेलरमा देख्न सकिन्छ नायिका अदिती बुढाथोकी अनमोलसँग रोमान्टिक अवतारमा देखिएकी छिन् यो चलचित्र माघ २६ गतेबाट रिलिज हुँदै छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माता श्री पराजुली हुन् https://youtu.be/aRoObj9rnn0 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?