घलेम्दीखोलाको विद्युत् छ महिनामा परीक्षण उत्पादन हुने

म्याग्दी, १ पुस । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक–निर्देशक प्रमोद श्रेष्ठले शुक्रबार पावरहाउसको शिलान्यास गरेका हुन् नीलगिरि खोलाको किनारमा अवस्थित पावरहाउस आगामी चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नीलगिरि खोलाको नजिक रहेको पावर हाउसमा खोलाले कटान गर्नसक्ने सम्भावनालाई मध्यनजर गरी रिटेनिङ वालसहितको संरचना बनाइएको छ निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक विसं २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्र्याउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रबन्धक–निर्देशक श्रेष्ठले बताए सुरूङ मार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइपसमेत ढुवानीको तयारी भइरहेको छ । पेनस्टक पाइपका लागि १० टन क्षमताको रोपवेका निर्माण कार्य शुरु भएको छ । आयोजनाको ड्याम, इन्टेकमा आवश्यकपर्ने निर्माण सामग्रीका लागि खोला नजिक मिनी क्रसर मेसिनको जडानले समेत निर्माण कार्यलाई सहज भएको आयोजनाले जनाएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवैतर्फबाट निर्माण भइरहेको संरचनाको दैनिक सञ्चालक समितिका सदस्यबाट निगरानी, मजदुर र ठेकेदारलाई आवश्यक पर्ने सामग्री सुरूङ मार्गबाट ट्र्याक्टरमा ढुवानी गर्ने गरिएको छ । आयोजनाको मुख्य काम सुरूङ मार्गको फिनिसिङको कामलाई समेत तीव्रता दिइएको कम्पनी सचिव लक्ष्मीनिधि रिजाल ‘विमल’ ले बताए पावर हाउसदेखि ड्यामसम्म करिब १५० जना मजदुर कार्यरत छन् । दैनिक गरिने कामको अघिल्लो दिनमै योजना बनाइने भएकाले पनि निर्माण कार्य सहज भएको रिजालको भनाइ छ । रोपवेमार्फत करिब २०० मिटरमाथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको बताए आयोजनाका संस्थापक सेयरलेसमेत निर्माण कार्यको प्रगतिले आफ्नो लगानी सुरक्षित भएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण हिमालको फेदमा अवस्थित आयोजनाको ड्याम आसपासको संरचनामा भइरहेको कामको म्याग्दीका साथै देशभर रहेका लगानीकर्तासमेत पुग्ने गरेका छन् । आगामी छ महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ । रु ३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा विभिन्न वित्तिय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरिद गर्नेछ । वार्षिक रु साढे १३ करोड बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?