प्रचण्ड लाजिम्पाटबाट डेरा सरे, शुक्रबारबाटै खुमलटारमा बास

काठमाडौं, १ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियामा आएपछि दोस्रो पटक डेरा सरेका छन् । उनले लाजिम्पाटस्थित निवास छाडेर शुक्रबारदेखि नै ललितपुरको खुमलटारमा बास बस्न थालेका हुन् लाजिम्पाटस्थित निवासमा रहेका सामानहरु समेत ललितपुर उपमहानगरपालिका १५ खुमलटारस्थित डेरामा सार्ने क्रम सुरु भएको छ । शुक्रबार बिहान लाजिम्पाटमा नै भेटघाट र छलफलमा व्यस्त भएका प्रचण्ड दिउँसो केपी ओलीलाई भेट्न माइतीघर पुगेका थिए ओलीसँगको भेटघाटपछि प्रचण्ड साँझ पत्नीसहित खुमलटारस्थित नयाँ निवासका गएका हुन् । सामानहरु पूर्ण रुपमा सारिनसकेका कारण उनको सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटमा नै रहेका छन् लाजिम्पाटस्थित निवासको कम्पाउण्ड साँघुरो रहेका कारण आगन्तुकहरुका सवारी पार्किङमा समस्या भएपछि डेरा सारेको बताइएको छ । २०६३ मा शान्ति प्रक्रियासँगै काठमाडौं आएका प्रचण्ड सुरुमा नयाँबजारमा बस्ने गरेका थिए नयाँ बजारमा प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेपनि पछि बाबुराम डेरा सरेर शान्तिनगर बस्न थालेपछि प्रचण्ड लाजिम्पाट सरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?