विपक्षी दलको टिप्पणी अनावश्यक : सिंह

काठमाडौं, १ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अध्याध्येशको बारेमा लिएर विपक्षी दलले अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक नरहेको बताए थापागाउँ सुधार समितिले आज यहाँ आयोजना गरेको ‘बधाई एवं धन्यवाद’ कार्यक्रममा नेता सिंहले संविधानमा अध्याध्येशमार्फत राष्ट्रिय सभाको गठन हुने प्रावधान भएकाले सोहीअनुसार सरकारले काम गर्ने स्पष्ट पारे । “काँग्रेसलाई एकछिन पनि सत्तामा बस्न रहर छैन, हामी सबै कुरा मिलेपछि सरकार छाड्छौँ,”– उनले भने काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका नेता सिंहले काँग्रेस संसदमा जिम्मेवार प्रतिपक्षमा बस्ने उल्लेख गरे । “हामी प्रदेशदेखि केन्द्र सरकारसम्म प्रतिपक्षमा बस्छौँ,”– उनले भने उनले संविधान कार्यान्वयनका लागि काँग्रेसको सरकारले निर्वाचन गराएको भन्दै अब आर्थिक विकासमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?