‘एपोटेक्स’का संस्थापक शेरम्यान विशाल र उनकी श्रीमतीको शंकास्पद मृत्यु

 एजेन्सी । क्यानडाका व्यापारी शेरम्यान विशाल र उनकी श्रीमतीको शंकास्पद मृत्यु भएको छ । व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए । प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ त्यस्तै, एपोटेक्सका औषधी विश्वभर बेचिन्छन् व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए । प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन तर, स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबै स्तब्ध र दुखी भएका छौं ।’’उनीहरुका चार छोराछोरी छन् एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?