थाइल्याण्ड–नेपाल संयुक्त आयोगको पाँचौँ बैठक शीघ्र हुने थाइ राजदूतको अपेक्षा

काठमाडौँ, १ पुस । नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सचिवस्तरमा स्थापना भएको संयुक्त आयोगको बैठक शीघ्र हुने अपेक्षा थाइ राजदूतले व्यक्त गरेका छन् नेपाल विश्वसम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘थाइल्याण्ड–नेपाल सम्बन्ध’ विषयक प्रवचनमा नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले विविध कारणले विगत १३ वर्षयता संयुक्त आयोगको पाँचाँै बैठक हुन नसकेको बताउँदै उक्त बैठक चाँडै हुने आशा व्यक्त गरे नब्बे प्रतिशत बौद्धधर्मावलम्बी जनसंख्या रहेको थाइल्याण्डका जनताले बुद्धको पूजा गर्दासमेत ब्राम्हणबाट गणेश, शिव र विष्णुको पूजा गर्ने चलन रहेको रोचक प्रशंग सुनाउँदै उनले थाइल्याण्ड र नेपालमा हात जोडेर अभिवादन गर्ने समान परम्परा रहेको चर्चा गरे गौतमबुद्धको जन्मभूमि लुम्बिनी थाइल्याण्डका नागरिकका लागि प्रमुख तीर्थस्थल बनेको बताउँदै उनले धार्मिक पर्यटन प्रवद्र्धनसँगै द्विपक्षीय दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको वास्तविकता सुनाए सन् २०१६ मा ४० हजार नेपाली थाइल्याण्ड भ्रमणमा गएका र त्यहाँबाट पनि लगभग त्यति नै थाइ नागरिकले नेपाल भ्रमण गरेका जानकारी दिए कृषि प्रविधि, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरणका माध्यमबाट थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सघाउन चाहेको स्पष्ट गर्दै राजदूत तान्सकुलले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको र त्यसले राजनीतिक स्थायित्वसँगै विदेशी लगानी भित्रने वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे थाइल्याण्ड र नेपालबीचको राजनीति एवं जनस्तरको सम्बन्ध मजबुत छ तर व्यापारिक सम्बन्ध फैलिन सकेको छैन, लगानीमैत्री वातावरणसँगै सरल एवं सहज कानूनी प्रक्रियाबाटै विदेशी लगानी आकर्षित हुने भएकाले त्यस दिशामा नेपालले प्रगति गर्ने आशा पनि उहाँले व्यक्त गरे परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव अशिम थापालगायतले नेपाल–थाइल्याण्ड सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?