उदासीनताबारेको नाटक ‘बार्दलीको छेउबाट’ मञ्चन

पोखरा, १ पुस । नाट्य कला विषय अध्यापन गराउँदै आएको नेशनल आर्ट स्कुल, पोखराद्वारा तयार गरिएको नाटक ‘बार्दलीको छेउबाट’ शुक्रबार मञ्चन गरिएको छ पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा पहिलो पटक मञ्चित नाटकमा क्रान्ति र शान्ति, युद्ध र माया, पैसा र अभावबीच द्वन्द्व देखाउँदै त्यसबाट समाजमा परेको असरको जीवन्त चित्रणका साथै र समृद्ध समाज निर्माणका लागि आह्वान गरिएको छ प्रयोगवादी सो नाटकमा कलाकारले जीवन्त अभिनय गरेर समाजको यथार्थ चित्रण गरे । नाटकमा सूत्रधार तथा सहनिर्देशकका रुपमा ममता मञ्जुल तथा कलाकारमा एलिसा विक, सोनिया खत्री, पार्वती थापा, न्यौपाने, कृष्ण पौडेल, कुशल अधिकारी, विष्णु तिमिल्सिना, निश्चल विमल र प्रवेश श्रेष्ठ थिए नाटक मार्फत नेपालमा करिब ३३ प्रतिशत मानिस सामाजिक परिवेशका कारण कुनै न कुनै प्रकारको उदासीनताको शिकार भएकाले समाजलाई सकारात्मक रुपमा परिवर्तन नगरे बढेर ९९ सम्म पुग्नसक्ने डरलाग्दो यथार्थ औँल्याइएको छ नाटक निर्देशक कृष्ण उदासीले नाटकमा उदासीपनको कारण खोतल्ने प्रयास गरिएको बताए । युथ क्रियसन थियटरका अध्यक्ष कपिल सञ्जोगले नाटकको परिकल्पना, संवाद र कलाकारको अभिनय उत्कृष्ट हुँँदा सो नाटक निर्देशक उदासीको हालसम्मकै सर्वोत्कृष्ट नाटक भएको बताए नाटककार सौगात पोखरेलले नाटकमा निर्देशकदेखि कलाकारसम्मको मेहनत झल्किएको बताए । लक्ष्मी हमालको परिकल्पना, शान्ति थापाको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व र रोम तामाङको संगीत संयोजन रहेको नाटक आज अपराह्न ३ बजे पुनः मञ्चन गरिने नेशनल आर्ट स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?