चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए मोरङ ६ मा कांग्रेस नेता शेखर कोइराला एमाले नेता लालबाबु पण्डितसँग ६७५ मतले पराजित भए । मोरङमा शेखरले ३३ हजार २६६ र पण्डितले ३३ हजार ९४१ मत ल्याए काठमाडौं ८ मा कांग्रेस नेता नवीन्द्रराज जोशी ४४४ मतले एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । ०७० मा यही क्षेत्रबाट जितेका जोशीले १२ हजार ९५३ मत ल्याउँदा श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गर्दै जित दर्ता गरे निर्वाचनको मुखैमा कांग्रेस फर्किएका विजयकुमार गच्छदारले रोचक जित हात पारे । सुनसरी ३ मा गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीविरुद्ध ३२१ मतको रोचक जित हात पारेका हुन् । गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् कञ्चनपुर ४ बाट कांग्रेस उम्मेदवार रमेश लेखक २५८ मतले पराजित हुन पुगे । मतगणना अवधिभर नै एमालेका दीपकप्रकाश भट्टसँग थोरै मतको घटबड भइरहँदा अन्ततः लेखक २५८ मतले पछि परेका हुन् । भट्ट २६ हजार तीन सय ६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार एक सय ६ मत मात्र प्राप्त गरे उदयपुर १ को प्रतिनिधिसभामा कांग्रेस नेता डा. नारायण खड्का ५४८ मतले विजयी बने । उनले ३३ हजार १४२ मत र एमालेकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत ल्याइन् । चौधरीले ०७० को संविधानसभा निर्वाचनमा २३ मतले पराजय बेहोरेकी थिइन् ।नयाँ पत्रिकामा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?