निर्वाचनमा १८ जना मन्त्री विजयी

काठमाडौँ, १ पुस – वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएको खबर गोरखापत्रमा खबर छ । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य छन् प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहेका थिए । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोगे । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?