राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित

लण्डन, २९ मङसिर – बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उहाँहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउने भएका छन् विवाहपछि उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएका छन् । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन् अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?