दुर्घटनामा दुईको मृत्यु

झापा, २९ मंसिर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको दमक र कमल गाउँपालिका जोड्ने रतुवा पुलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ मृत्यु हुनेमा कमल गाउँपालिका– १ निवासी २९ वर्षीय दिनेश पोखरेल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३३११ नंको बसले विपरीत दिशातर्फ आउँदै गरेको मे७प ३८४२ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष दाहालसमेत घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ मृत्यु हुनेमा सोही नगरपालिका– ८ निवासी ७२ वर्षीय कुलकुमार श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे९प २६२९ नंको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?