नयाँ नियुक्तिप्रति आपत्ति

काठमाडौँ, २९ मंसिर- निर्वाचनको परिणाम आइसकेपछि सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै वाम गठबन्धनमा आबद्ध दुई विद्यार्थी संगठनले विरोध जनाएको छ काम चलाउ अवस्थामा रहेको वर्तमान सरकारले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गर्न राजनीतिकरुपमा उचित नभएको जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आज प्रेस विज्ञप्ति जारी गरी त्यसप्रकारको नियुक्ति खारेजी गर्न माग गरेको हो अनेरास्ववियुका महासचिव ऐन महर र अखिल (क्रान्तिकारी) महासचिव उत्तम अधिकारीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आयोगलगायत अन्य स्थानमा गरिएका सबै नियुक्ति अविलम्ब बदर गर्न आग्रह गरिएको छ । उक्त आयोगको सदस्यमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रा डा चिन्तामणि पोखरेललाई नियुक्ति गरेको थियो राष्ट्रियसभा गठन र त्यससँग सम्बन्धित अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध नगर्न उक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?