बालकोट पुगेका व्यवसायीलाई ओलीको चेतावनी : नक्कली काम गरे छाड्दिन

भक्तपुर, २९ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।बालकोटस्थित आफ्नै निवासमा आज बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले विकासनिर्माण पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन भने उनले भने , “हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौँ, प्रदेशसभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन, मुख्यमन्त्री बस्ने भवन छैनन्, त्यसकारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउन भौतिक संरचनाको निर्माण दुु्रत गतिमा गर्नु जरुरी छ ।”नेपाल अहिले पुनःनिर्माणको चरणमा भएकाले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठूलो योगदान गर्न सक्ने ओलीको भनाइ छ । “भूकम्पले भत्केका, घर र सार्वजनिक भवनहरु प्ुाननिर्माण भएका छैनन्”, ओलीले भने, “यी सबै क्षेत्रको पुनःनिर्माणका लागि व्यावसायिक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?