साइजमा आए कमल थापा, चुनाव हारेपछि बोले

काठमाडौँ, २९ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षाको खाँचो औल्याएका छन् पार्टी अध्यक्ष कमल थापाले आज जारी गरेको विज्ञप्तिमा परिणाम जेजस्तो भए पनि चुनावमा पार्टीसँग सहकार्य गर्ने सबै राजनीतिक दल तथा शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सफल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा अंग र प्रशासनिक संयन्त्र र सबै जनतालाई धन्यवाद दिइएको छ निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै नेता थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल भएकामा नेकपा (एमाले) लाई बधाई दिएका छन् परिणाम निराशाजनक भए पनि जनादेशलाई प्रजातान्त्रिक आदर्शअनुरुप हार्दिकताका साथ शिरोधार्य गरिने जनाइएको छ । निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने उल्लेख गर्दै विज्ञप्तिमा विचलित नभई पार्टीको आदर्श र मान्यताप्रति प्रतिबद्ध रहन सम्पूर्ण कार्यकर्ता, सहयोगी र शुभचिन्तकलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?