इराकको सपना देखाएर मानव बेचबिखनमा संलग्न अभियुक्त पक्राउ

काठमाडौँ, २९ मंसिर – प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई आज ललितपुर चापागाउँबाट पक्राउ गरेको छ पीडितले दिएको उजुरीका आधारमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३८ वर्षीय शेर्पालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ अभियुक्त शेर्पाले एक व्यक्तिलाई इराकमा महिलालाई राम्रो अवसर आएको र मासिक पारिश्रमिक कम्तीमा रु एक लाखसहित अन्य सुविधा भएको भनी प्रलोभन देखाई विसं २०७३ असार ११ गते इराक लैजाने भनी पीडितलाई भारतको नयाँदिल्ली पु¥याई दलालको जिम्मा लगाएको थियो दिल्लीमा दलालले तीन दिनसम्म राखी इराक जान श्रीलंकामा प्रवेशाज्ञा आइसकेको छ भनी विमानबाट कोलम्बो पठाएको थियो । कोलम्बो पुगी करिब एक महिना जति अलपत्र अवस्थामा पुगेपछि आफन्तको सहयोगमा उनी भारतको मुम्बई हुँदै काठमाडौँ पुगेको प्रहरी अनुसन्धानले देखाएको छ अभियुक्तलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । निजमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार अनुसन्धान शुरु भएको छ । उक्त कसुरको मात्रा हेरी बढीमा २० वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?