शेयर सदस्य बिनै हिमालयन डिष्ट्रलरीको साधरण सभा

दिपेन्द्र सिंहवीरगञ्ज, २९ मङ्सिर – वीरगञ्ज महानगरपालिका २१ पर्सामा रहेको हिमालयन डिष्ट्रिलरीले सञ्चालक र शेयर सदस्य विनै १७ औं साधारण सभा गरेको छ विभिन्न ७ वटा विषयमा छलफल गर्ने भनी २९ मंसिरमा डाकिएको साधरणसभामा शेयर सदस्य मात्रै नभएर सञ्चालक पनि अनुपस्थित रहे पछिल्लो समयमा डिष्ट्रिलरीको गतिविधि शंकास्पद हुने गरेको छ । त्यसमा पनि साधरण सभा सञ्चालक र शेयर सदस्य विना नै सम्पन्न भएको बताईएपछि यसले थप चर्चा पाईरहेको छ । गत कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७३/७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह सहितको लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिले सिफारिस गरे अनुसार कम्पनीले  शेयर सदस्यहरुलाई नगद लाभांसमा लाग्ने कर समते प्रति शेयर एक्काईस रुपैयाँ पाँच पैसाका दरले नगद लाभांस वितरण गर्न स्वीकृत गर्ने, आर्थिक वर्ष ०७४÷७५ का लागि लेखा परीक्षक नियुक्ती, सञ्चालक समितिले एक वर्षमा गरेका कार्यहरुको कार्यकाललाई समर्थन तथा अनुमोदन गर्ने, कम्पनी र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्राली र फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्राली र जेजिआई डिष्ट्रिव्युसन प्राली बीच भएको तीन सम्झौताहरु स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने संस्थापक समूहबाट तीन जना र सर्वसाधरण समूहबाट २ जना सञ्चालक सदस्यहरुको निर्वाचनद्वारा चयन गर्ने भनिएपनि त्यस्तो केहि पनि नभई साधरण सभा सकिएको छ दुई वर्ष अघिसम्म सार्वजनिक रुपमा साधरणसभा खुल्ला चौरमा गर्ने गरिएकोमा पछिल्ला वर्षहरुमा गुपचुप रुपमै साधरण सभा गर्ने गरिएको मजदुरहरुले बताएका छन् ‘तीन वटा युनियनका अगुवाहरु जान्छन्, सञ्चालक समितिका मानिसहरु आउँछन्, एउटा कोठामा बस्छन्, कुरा मिलाएर जान्छन् । मजदुरहरुलाई साधरण सभाको बारेमा केहि पनि जानकारी दिईदैन । ’ एक मजदुरले नाम नबताउने शर्तमा भने ‘ पहिले त यस्तो हुँदैनथ्यो । खुल्ला चौरमा साधरण सभा हुन्थ्यो, हामीले आफ्नो दुःख सुखको कुरा सञ्चालकहरुलाई भन्थ्यौं ।’ मजदुर नेताहरुले पैसा खाएर सञ्चालकहरुसँग मिलेर बदमासी गरेको आरोप मजदुरहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?