अध्यक्षद्वय प्रचण्ड र अाेलीबीच भेटबार्ता

मंसिर २९, काठमाडौं। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा अाेलीबीच भेटबार्ता भएकाे छशुक्रबार दिउँसाे काठमाडौंमा भएकाे छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाकाे गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएकाे थियाे। अध्यक्ष प्रचण्ड र अाेलीबीच भएकाे छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाे र बाम गठबन्धन परिणाममूखी भएकाे निष्कर्ष निकालिएकाे छअाेली र प्रचण्डबीच भएकाे छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियाे बनाएर लैजाने समझदारी भएकाे छ। शुक्रबारकाे छलफल अत्यन्तै सकारात्मक भएकाे र अावश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?