प्रधानमन्त्री देउवाले भने, काम चलाउ सरकार भएकोले राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिना

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भएको र राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट परेका छन् । यहि मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित हुनुपरेको कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न नेकपा एमालेले दबाव दिइरहेको छ । त्यस्तै, प्रधानमन्त्री देउवाले शुक्रबार बिहान मधेश आन्दोलनको घटनाबारे छानबीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यसबारे विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले नै गर्ने पनि बताए । तराई–मधेश आन्दोलनको घटनाको सत्यतथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रधानमन्त्री देउवाले बताएको आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बताए । त्यस्तै आयोगको प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकि ४ जनालाई पनि तत्कालै सहित घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदमा तराई–मधेश आन्दोदलनको क्रममा ६६ जनाको मृत्यस भएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको आयोगले जनाएको छ । साथै आयोगले तराई–मधेश आन्दोदनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा मराखेर तराई–मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानबीन गरेको हो । आयोगका अध्यक्ष लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा तराई–मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?