भोलिबाट सूर्य ग्रहले राशि परिवर्त गर्दै, यी ४ राशिमा देखिने छ यस्तो असर

एजेन्सी, २० मंसिर । ज्योतिष शास्त्रमा सूर्यलाई निकै शक्तिशाली ग्रह मानिने गरिन्छ । सूर्यलाई यश र सम्मानको प्रतिकको रुपमा मानिनुको साथै ग्रहहरुमा सर्वश्रेष्ठ ग्रहको रुपमा मानिने गरिन्छ त्यसैले जब सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने गर्दछ, तब यसको विशेष प्रभाव पर्ने गर्दछ त्यस्तै, आउँदो १६ डिसेम्बर २०१७ अर्थात् पौष १ गते सूर्य वृश्चिक राशिबाट निस्किएर धनु राशिमा प्रवेश गर्न भएको छ । सूर्य ग्रह धनु राशिमा १४ जनवरीसम्म अर्थात् पौष ३० गतेसम्म रहनेछ । सूर्यको राशि परिवर्तन केहि राशिहरुलाई भने शुभ रहनेछ भने केहि राशिको लागि अशुभ पनि हुन सक्नेछ मेष राशिः यस राशि भएको मानिसहरुको लागि यो परिवर्तनले सकारात्मक प्रभाव पार्ने छ । कामकाजमा प्रगति मिल्न सक्ने सम्भावना बढेर जानेछ । व्यापारमा राम्रो लाभ मिल्ने संकेत रहेको छ । स्वास्थ्यको विषयमा सचेत रहन आवश्कता रहेको छ । आत्मविश्वास र मेल मिलाप बढ्नेछ वृष राशिः सूर्यको राशि परिवर्तनले यस राशि भएका मानिसहरुको भाग्यमा आश्चर्यजनक परिवर्तन देख्न सकिनेछ । यस राशिका मानिसहरुले जुन काममा हात राख्नेछन् त्यो काम अवश्य पूरा गर्नेछन् । विरोधीहरुसँग प्रतिस्पर्धा गर्दा सफल भईनेछ । समाजमा मानसम्मान बढ्नेछ मिथुन राशिः यो राशि भएका व्यक्तिहरुले समयमा राम्रो र शुभ समाचार सुन्ने अवसर प्राप्त गर्ने छन् । अतिरिक्त धन लाभको संकेत रहेको छ । जीवनसाथीको साथ मिल्नेछ तर यस परिवर्तनमा महत्वपूर्ण निर्णय लिने बेलामा समस्याको सामना गर्नु पर्ने हुन सक्छ कर्कट राशिः यस राशि भएका व्यक्तिको लागि सूर्यको राशि परिवर्तनले सकारात्मक प्रभाव ल्याउनेछ । काममा प्रगति मिल्न सक्ने सम्भावना रहेको छ भने धन लाभ हुने योग बन्ने देखिन्छ । परिवारमा र प्रेम सम्बन्धमा पनि सुधार आउनुको साथै आत्मविश्वास बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?