मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा ५ प्रतिशतभन्दा बढी मत बदर

विराटनगर, २९ मंसिर । मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा खसेको मतमध्ये पाँच प्रतिशतभन्दा बढी बदर भएको छ प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल चार लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६४४ अर्थात् ५ दशमलव ३४ प्रतिशत मत बदर भएको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं–१ मा ७१ हजार ४२७ मत खसेकोमा तीन हजार २७७ अर्थात् ४ दशमलव ३९ प्रतिशत मत बदर भएको छ त्यस्तै, क्षेत्र नं २ मा ८० हजार २४९ मत खसेकोमा चार हजार ४६० अर्थात् ५ दशमलव ५६ प्रतिशत मत र क्षेत्र नं ३ मा ९१ हजार ६०३ मत खसेकोमा चार हजार १६० अर्थात् चार दशमलव ५४ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं ४ मा ७१ हजार ५८ मत खसेकोमा चार हजार १२९ अर्थात् ५ दशमलव ८१ प्रतिशत मत बदर भएको हो ,क्षेत्र नं ५ मा सबैभन्दा बढी मत बदर भएको छ । सो क्षेत्रमा ६८ हजार २९२ मत खसेकोमा चार हजार ३६३ अर्थात् ६ दशमलव ३९ प्रतिशत र क्षेत्र नं ६ मा ७९ हजार १२८ मत खसेकोमा चार हजार २५५ अर्थात् ५ दशमलव ३८ प्रतिशत मत बदर भएको थियो मोरङमा कूल ६ लाख ४४ हजार ७८२ मतदातामध्ये चारलाख ३५ हजार ३४ अर्थात् ७२ दशमलव २५ प्रतिशत मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?