बाल यौन दुव्यवहार सम्बन्धी अन्तिम प्रतिवेदन सरकारसमक्ष पेश

अष्ट्रेलिया, २९ मंसिर । अष्ट्रेलियामा बाल यौन दुर्वयवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ उक्त अन्तिम प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो भने उक्त आयोग समक्ष त्यस्तो पीडा बेहोरेका हजारौंले आफ्नो बयान समेत दिएका थिए त्यस्तै, उक्त प्रतिवेदनमा धार्मिक संघ संस्था, खेल क्लब, सेना सहित झण्डै चार हजार भन्दा बढी संस्थाहरुमा दुर्वयवहार भएको निष्कर्ष निकालिएको छ पाँच वर्षसम्म उक्त आयोगले बालबालिकालाई बलत्कार र यौन दुर्वयवहार गरिएका कहालीलाग्दा विवरणहरु संकलन गरेको थियो विगतका दिनहरुमा अष्ट्रेलियाका निकायहरुले दशौँ हजार बालबालिकालाई शोषण गरेको उक्त प्रतिवेदनले औंल्याएको छ अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले त्यसलाई राष्ट्रिय शोक भन्दै बयान दिनेहरुको आँटको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?