प्रधानमन्त्री देउवाले भने, काम चलाउ सरकार भएकोले राष्ट्रिय महत्वको कुनै पनि निर्णय गर्दिना

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भएको र राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट परेका छन् यहि मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित हुनुपरेको कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न नेकपा एमालेले दबाव दिइरहेको छ त्यस्तै, प्रधानमन्त्री देउवाले शुक्रबार बिहान मधेश आन्दोलनको घटनाबारे छानबीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यसबारे विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले नै गर्ने पनि बताए तराई–मधेश आन्दोलनको घटनाको सत्यतथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रधानमन्त्री देउवाले बताएको आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बताए त्यस्तै आयोगको प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकि ४ जनालाई पनि तत्कालै सहित घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदमा तराई–मधेश आन्दोदलनको क्रममा ६६ जनाको मृत्यस भएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको आयोगले जनाएको छ साथै आयोगले तराई–मधेश आन्दोदनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा मराखेर तराई–मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानबीन गरेको हो आयोगका अध्यक्ष लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा तराई–मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?