नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ८ जनाको मृत्यु, थप विवरण आउन बाँकी

नुवाकोट, २४ भदौ ।नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ । प्रहरी घटनास्थल सम्म पुगिनसकेको हुनाले घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?