प्रदेशीएका युवायुवतीले अत्यधिक रुचाएको ‘साइँली’ गीतमा फिल्म बन्दै

काठमाडौं, २९ मंसिर । गत वर्ष सार्वजनिक गरिएको भिडियो ‘साइली’ बोलको गीतमा फिल्म बन्ने भएको छ कालिप्रसाद बास्कोटाको शब्द, संगीतमा र नेपालका एकमात्र सुफी गायक हेमन्त रानाको स्वरमा रहेको उक्त गीतको अडियो युट्युबमा आउँना साथै गीत, संगीत र संगीतकार र सायकले सर्वच चर्चा बटुलेका थिए । र त्यस लगत्तै गीतको भिडियो बाहिरिएपछि साइँली बनेकी मेनुका र उनका प्रमी श्रीमान बनेका गौरब पहाडीको अभिनयले चर्चा पाएको थियो यो गितलाई प्रदेशीएका युवायुवतीले अत्यधिक रूपमा रुचाएको गीत हो ‘साइँली’ । यो गित र भिडियोले धेरै प्रदेशी र स्वदेशी श्रोता, दर्शकका आँखाबाट आशु बगेका थिए नेपालमा रोजगारीको अभावमा आफ्ना परिवारका जनलाई छाडेर विदेशीएका युवकको कथा बोकेको उक्त गीतले निकै चर्चा पाएको थियो । गत वर्ष नै यो गीतको शिर्षक राखेर यसैको कथामा चलचित्र बनाउने घोषणा गरेका गायक हेमन्त राना र नायक गौरव पहाडीले फिल्मचको औपचारिक घोषणा गरे बमोजिम अब यही गीतको शिर्षक ‘साइँली’ मा गायक राना नायक बन्ने भएका छन् फिल्ममा हेमन्त र गौरवको प्रमुख लगानी रहे पनी अजय पोखरेल, विशाल गुरुङ र मोहन थापा चलचित्रका निर्मातामा हुनेछन् । सह–निर्मातामा बिजय अवाले र बिकास पुजास हुनेछन् राजधानीमा एक कार्यक्रमको आयोजना गर्दैे ‘साइँली’ फिल्म निर्माण हुने फिल्मका नायक हेमन्त रानाले घोषणा गरेका थिए माघ महिनाको अन्त्य तिर सिनेमा फ्लोरमा जाने सिनेमालाई नेपालको पूर्वी जिल्ला धनकुटामा छायाँकन गरिने भएको छ ‘साइँली’ को कथालाई रामबाबु गुरुङले लेखेका हुन भने चलचित्रलाई पनि रामबाबुले नै निर्देशन गर्ने छन् । फिल्मको प्रमुख भुमिकामा गौरव पहारी र मेनुका प्रधान नै रहनेछन् । गौरव र मेनुकाको जोडी नै ‘साइँली’ गीतको फिचरिङमा हुँदा आम दर्शकहरूले अत्यधिक रुचाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?