आगलागीमा रु दुई लाख ५० हजारको क्षति

इनरुवा, २९ मंसिर । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उनको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ जियाहुद्दिन र शरदको घरमा आगलागी भएपछि घरमा रहेको अन्नपात, लत्ताकपडा, फर्निचर सामग्रीलगायतका सामान पूर्णरुपले जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए आगलागी इनरुवा नगरपालिकाबाट गएको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?